image
image
बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा यस्ता छन् फाइदा

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा यस्ता छन् फाइदा

काठमाडौँ, ९, भदौ ।  किसमिसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । किसमिस एक ड्राई फ्रुट हो । किसमिसलाई ऊर्जाको पावर हाउस भनिन्छ । यसमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ, जुन शरीरका लागि फाइदाजनक हुन्छ । तर किसमिस भिजाएर सेवन गर्दा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । यसबाहेक किसमिस भिजाउँदा यसको प्रभाव चिसो हुन्छ । बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा धेरै रोग निको हुन्छ । साथै यसले रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ । आउनुहोस्, बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा हुने स्वास्थ्य लाभका बारेमा जानौँ ।

रक्तचाप नियन्त्रण गर्न लाभदायी

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा पोटासियम प्रचुर मात्रामा पाइन्छ, जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

हड्डी बलियो बनाउन

बिहान खाली पेट भिजाएको किसमिस खानु हड्डी बलियो बनाउन निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । त्यसैले हरेक बिहान खाली पेटमा भिजाएर किसमिस खान सल्लाह दिइन्छ ।

शरीरमा रगतको कमी हटाउन फाइदाजनक

शरीरमा रगतको कमीलाई हटाउन बिहान खाली पेटमा भिजाएको किसमिस खानु निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा आइरन प्रचुर मात्रामा पाइन्छ । यस बाहेक यसमा भिटामिन बी कम्प्लेक्स पाइन्छ । जसका कारण रगतको कमी हुँदैन । हरेक बिहान खाली पेटमा भिजाएर किसमिस खाँदा शरीरमा रगतको कमी हट्छ ।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।