काठमाडौं उपत्यकामा थपिए १५२ कोरोना संक्रमित
काठमाडौँ, ८, भदौ । पछिल्लो पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५२ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ११७, भक्तपुरमा ११ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन् ।
आज चार हजार १२३ जना होम आइसोलेसनमा र १७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अस्पतालमा उपचाररतमध्ये ५० जना आईसीयू र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









