थपिए ४८७ कोरोना संक्रमित, एकजनाको मृत्यु
काठमाडौँ, ८, भदौ । पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार १७७ वटा नमुना परीक्षण गर्दा ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।
आज १६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









