थपिए ६३४ कोरोना संक्रमित, एकको मृत्यु
काठमाडौँ, ७, भदौ । पछिल्लो २४ घण्टामा देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार ४ हजार ९४९ जनाको कोरोना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पिसिआर र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर ४२२१ जना सक्रिय संक्रमित छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै, ४१७ जना डिस्चार्ज भएका छन्।









