image
image

बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस नेपाली बजारमा,कति पर्छ मूल्य ?

काठमाडौँ, ६, भदौ । नेपाली बजारको बहुप्रतिक्षित सुजुकी एभेनिस सार्वजनिक भएको छ। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीले विशेष युवा पुस्ता लक्षित नयाँ एभेनिस १२५ सार्वजनिक गरेको हो। 

सुजुकी मोटर्सको अन्तर्राष्ट्रिय बिक्री तथा मार्केटिङ प्रबन्धक सशांक तल्वार, भिजी अटोमोबाइलका प्रबन्ध निर्देशक निकुंज अग्रवाल र सुजुकीका महाप्रबन्धक धिरज भट्टाराईले एकसाथ सोमबार सुजुकी एभेनिस सार्वजनिक गरेका हुन्। 

सुजुकीका महाप्रबन्धक भट्टाराईले कार्यक्रममा स्वागत मन्तव्य दिँदै नयाँ एभेनिस नयाँ पुस्ताको रोजाइमा पर्न सक्ने क्षमता भएको स्कुटर बताए। उनले पछिल्लो समय बजारमा स्कुटरहरूको माग बढेसँगै सुजुकीले पनि नेपाली बजारमा नयाँ स्कुटरहरू भित्र्याउनेमा प्रतिबद्धता जनाए। 

सुजुकीको नयाँ एभेनिस १२५ पावर, पर्फमेन्स र स्टाइल विशेष तयार पारिएको हो। स्पोर्टी डिजाइन दिइएको यो स्कुटर हेर्दै आकर्षक छ। स्कुटरमा १२४.३ सिसी, सिंगल सिलिन्डर, २ भल्भ, एयर कुल्ड, एफ आइ इन्जिन जडित छ।

साथै यो बिएस ६ मापदण्डमा आधारित छ। उक्त इन्जिनले ६,७५० आरपिएममा ८.७ पिएस पावर र ५,५०० आरपिएममा १० एनएम टर्क जेनेरेट गर्न सक्छ। 

स्कुटरमा ५.२ लिटरको इन्धन ट्याङ्क दिइएको छ। यसको फ्युल क्याप सिट बाहिरै छ। डिकी क्षमता भने २१.८ लिटरको छ। सुजुकी एभेनिस १२५ को कुल तौल १०६ केजी छ भने यसको ग्राउन्ड क्लेरेन्स १६० एमएम छ। स्कुटरको अगाडि भागमा १२ र पछाडि १० इन्चको अलोय ह्विल छ। 


नेपाली बजारमा सुजुकीको नयाँ एभेनिस कालो, सेतो, सुन्तले रंग र हरियो गरी चार विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। हाललाई कम्पनीले यसको सुरुवाती बजार मूल्य दुई लाख ९९ हजार ९ सय रूपैयाँ तोकेको छ। 

 नेपाली बजारमा नयाँ एभेनिस १२५ ले होन्डा ग्राजिया र टिभिएस एनटर्कसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।