image
image

थप ६५८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौँ, ६, भदौ ।  पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जना गरी कूल ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यस दिन ४५६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् । साथै, सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४४ हजार ९४० पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।