image
image

मेरो बीमा कम्पनीमा रोजगारीको अवसर, योग्यता कति ?

काठमाडौँ, ५, भदौ ।  मेरो बीमा कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आइटी अफिसरदेखि विभिन्न पदका लागि ९ जना कर्मचारीको माग गरेको हो । 

सुचना अनुसार कम्पनीले आइटी अफिसरमा एक जना कर्मचारीको माग गरेको छ । एक वर्ष आइटी क्षेत्रमा काम गरेका र बीआइएम, बीसिआइएस तथ बीआइटी अध्ययन गरेकाले यो पोष्टका लागि दर्खास्त दिन सक्नेछन् । 

साथै एमबीए, एमबीएस गरेका र २ बर्ष सम्बन्धित क्षेत्रमा काम गरेका इच्छुक व्यत्ति मार्केटिङ हेडका लागि दरखास्त दिन सक्नेछन् ।

कम्पनीले ५ जना मार्केटिङ अफिसरको माग गरेको छ । जसमा १ वर्ष सोही क्षेत्रमा काम गरेको र बीबीए, बीबीएम र बीबीएस अध्ययन गरेकाले दर्खास्त दिन सक्नेछन् । 

साथै बिक्रि कार्यका लागि २ जनाको माग भएको हुँदा एमबीए, एमबीएस गरेकाले दर्खास्त दिन सक्नेछन् । साथै दुई वर्ष अनुभव भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

साथै चालक अनुमति पत्र पनि अनिवार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।