काठमाडौंमा थपिए १४३ कोरोना संक्रमित
काठमाडौँ, ३, भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा १२६, भक्तपुरमा ४ र ललितपुरमा १३ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ३२४ पुगेको छ ।
आज देशभर रहेका पाँच हजार २४ जना सक्रिय संक्रमितमध्ये चार हजार ८३४ जना होम आइसोलेसनमा र १९० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अस्पतालमा उपचाररतमध्ये ४९ जना आईसीयू र ६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









