image
image

नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, यसरी दिनुहोस अनलाईन आवेदन 

काठमाडौँ। नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि २ सय ७९ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक प्रवन्धकमा ६२ जना कर्मचारीको माग गरेको छ ।  

यसमा व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेकाले आवेदन दिन सक्ने भएका छन् । यस्तै, आइटीतर्फको सहायक प्रबन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी माग गरिएको छ ।

आवेदन अनलाइनबाटै भर्न सकिने छ । त्यसरी अनलाइबाट भरिएको शुल्क अब खल्ती डिजिटल वालेटको मोबाइल एपबाट भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेबसाइ https://online.nepalbank.com.np/ बाट अनलाइन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड राखी लगइन गरेर तोकिएको शुल्क भुक्तानी गर्न सकिने छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।