image
image

कतार प्रहरीमा पठाउने भन्दै ठगी गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन

काठमाडौँ, २६, साउन । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भन्दै ठगी गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन गरेको छ । 

वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त संस्था अल तकेत ओभरसिज नेपाल प्रालीले कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकेको अवस्थामा आकस्मिक अनुगमन गरेर अनुसन्धान थालेको हो । विभिन्न व्यक्तिसँग १५ लाख रुपैयाँसम्म उठाएको भन्ने व्यहोराका समाचारहरु प्रकाशन भएका भन्दै संस्थाको काम शंकास्पद लागेर अनुसन्धान थालेको विभागले जनाएको छ ।

अहिले म्यानपावरका सम्बन्धित कागजात बरामद गरी अन्य आवश्यक अनुसन्धान भइरहेका विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।