image
image

शेयर बजार राताम्मे, कारोबार रकममा पनि गिरावट

काठमाडौँ, २४, साउन । साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयर बजार हिजो र आज फेरि ओरालो लागेको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ को विन्दुमा भरेको छ। नेप्से घटेसँगै कारोबार रकम समेत घटेरको छ । आज ६६ लाख ४६ हजार ३६ कित्ता शेयर खरिदबिक्री हुदाँ कारोबार रकम २ अर्ब ८१ करोडमा सीमित हुन पुगेको छ । हिजो नेप्सेमा  २ अर्ब ८५ करोड बढीको कारोबार भएको थियो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नागरिक लगानी कोष रहेको छ । कोषको आज एकैदिन १५ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यस्तै, नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक प्रतिशतका आधारमा अन्य समूहको ४.८४ प्रतिशतले घटेको छ भने रुपैयाँको आधारमा विकास बैंक र माइक्रोफाइनान्स समूहको १२५ रुपैयाँले घट्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।