image
image

साढे १७ अंकले घट्यो शेयर बजार

काठमाडौँ, २३, साउन । साताको दोस्रो दिन कारोबारको दिन (सोमबार) शेयर बजारमा ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि कारोबार रकम हिजो तुलनामा बढेको छ । आज ६५ लाख २७ हजार ४१४ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ८५ करोड बढीको कारोबार भएको छ । हिजो शेयर बजारमा अन्तिम समयसम्म २ अर्ब ६७ करोडको मात्र कारोबार भएको थियो । 

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन युनिलिभर नेपाल र आरबिबि म्युचुअल फण्डको मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जानकी फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.३१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको १० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको हो भने म्युचुअल फण्डको ०.२७ प्रतिशत बढेको हो। यता, अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४२ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।