image
पोखरामा निरन्तर एटिएमबाट चोरी, एकजना पक्राउ

पोखरामा निरन्तर एटिएमबाट चोरी, एकजना पक्राउ

काठमाडौँ, २३, साउन । पोखरामा एटीएम फटाएर पैसा चोरी निरन्तर भइरहेको छ । पोखरा २६ को एनएमबी बैंकको एटीएम फुटाएर पैसा चोरेको भिडियो भाइरल भइरहेको अवस्थामा अहिले पुनः पोखरा १७ को एनआइसी एसिया बैंकको एटिएमबाट चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

शुक्रबार एटीएम फुटाएर चोर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका ३ का २३ वर्षीय कृष्ण विक पक्राउ परेका हुन् । उनले यसअघि पनि माछापुच्छ्रे बैंकको एटीएम फुटाएका थिए । सोही मुद्दामा कैद भुक्तान गरेर निस्किएका उनी पुनः पक्राउ परे ।

गएको माघ ८ गते माछापुच्छ्रे बैंकको एटिएम मेसिनबाट पैसा चोरेर पक्राउ परेका उनी ३ महिना कैद भुक्तान गरेर वैशाखमा छुटेका थिए । विकलाई ७ को म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।