सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घटेर २ अर्ब ६७ करोड
काठमाडौँ, २२, साउन । साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार सामान्य अंकले बढ्न पुगेको छ । गत साता भरमा करिब २७ अंक घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ ।
नेप्से सामान्य अंकले बढेसँगै आज कारोबार भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । शेयरबजारमा आज २ अर्ब ६७ करोडमाथिको कारोबार हुन पुगेको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर कारोबार भएको छ । कम्पनीको आज एकैदिन १३ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।
त्यस्तै, नबिल बैंकको १२ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।









