image
image

हवाई भाडा बढेका कारण मलेसियामा कामदारको कोटा घट्ने र रोजगारीमा संकटको खतरा

काठमाडौँ, २२, साउन ।  नेपालबाट वैदेशिक रोजगारमा जाने कामदारको जहाज भाडा महँगो भएपछि मलेसियास्थित रोजगारदाता कम्पनीहरु चिढिन थालेका छन् । 

नेपाल सरकार तथा मलेसिया सरकारबीच भएको सम्झौता अनुरूप इम्प्लोइमेन्ट पे मोडल र स्वच्छ एवम् न्यायिक प्रक्रियाबाट पारदर्शिताको आधारमा जाने कामदारका लागि रोजगारदाताहरूले जहाज टिकट कम्पनीले नेपालबाट कामदार लैजाँदा एम्बेसी स्ट्याम्पिङ शुल्क, मेडिकल शुल्क, टिकट र नेपाली एजेन्सीको शुल्क तिर्नुपर्ने व्यवस्था छ । 

मलेसियाले नेपालीसहित भियतनाम, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, बांग्लादेश, पाकिस्तान, भारतलगायतका १४ देशबाट कामदार लैजाने गरेकोे छ । तर कामदार लैजाने श्रोत मुलुकमध्ये नेपालबाट जाने कामदारको हवाई जहाज भाडा सबैभन्दा महँगो हुँदै गएको गुनासो बढेको छ । 

हाल नियमित उडान भनेपनि भाडा दर चार्टर उडान जस्तै महँगो भएपछि रोजगारदाताहरू चिढिएका हुन् । मलेसियाबाट नेपाल आउन एकतर्फी ६ सय ५० रिँगेट करिब १८ हजार ५ सय रुपैयाँ भएपनि नेपालबाट मलेसिया जान त्यसको करिब तीन गुणा ५६ देखि ५८ हजार रूपैयाँसम्म भाडा लाग्ने वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

महँगीको पहिलो मारमा नेपाली व्यवसायी र वैदेशिक रोजगारीमा जाने कामदार परेका छन् । नेपालमा सेप्टेम्बरपछि मात्र पर्यटन आवागमनको व्यस्त ‘पीक’ सिजन शुरू हुने गरेकोे छ । त्यसअघि नै बढेको हवाई भाडाले नेपालमा आउने कामदारको कोटा घट्ने र मलेसियाको रोजगारीमा संकट निम्त्याउन सक्ने कतिपयको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।