image
image

क्यानडा पठाइदिन्छु भनी ७ लाख ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ, २२, साउन ।  वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी प्रलोभन दिई ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ४७ वर्षीया छरिङ डोमा शेर्पालाई पक्राउ गरिएको जनाएको छ । 

शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने र उतै स्थायी बसोबास ‘सेटल’को व्यवस्थापन गरिदिने भन्दै पीडितलाई १४ लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब पाउने राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि जाहेरीका आधारमा उनलाई पक्राउ गरेकोे प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।