image
image

बेलायत ब्याजदर वृद्धि २७ वर्षयताकै उच्च

काठमाडौँ, २०, साउन ।  बैंक अफ इङ्गल्यान्डले ब्याजदरमा सन् १९९५ यताकै सबैभन्दा ठूलो वृद्धि गरेको छ । बिहीबार बेलायतको केन्द्रीय बैंकले ब्याजदर ५० आधार विन्दुले बढाएको छ । उक्त वृद्धिदर २७ वर्षयताकै उच्च हो । यसले ऋण लागत १.७५ प्रतिशत पुग्ने भएको छ ।

बढ्दो मुद्रास्फीति दरलाई नियन्त्रणमा राख्न ब्याजदर बढाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 
 
जुन महिनामा बेलायतको मूल्यवृद्धि दर ४० वर्षयताकै उच्च ९.४ प्रतिशत पुगेको थियो । आगामी वर्षसम्ममा बेलायतको मुद्रास्फीति दर १५ प्रतिशत सम्म पुग्ने जानकारहरुले अनुमान गरेका छन् । बैंक अफ इङ्गल्यान्डको आफ्नै प्रक्षेपणले पनि अक्टोबर महिनामा मुद्रास्फीति दर १३.३ प्रतिशत पुग्ने देखाएको छ । सन् २०२३ भर बेलायतको मुद्रास्फीति दर उच्च विन्दुमा रहने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।