आज कति पुग्यो तरकारीको बजार भाउ ? हेर्नुहोस् मूल्यसुचीसहित
काठमाडौँ, २०, साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार २९० रुपैयाँ, आँप मालदह प्रतिकेजी २९० रुपैयाँ र केरा दर्जनको १५६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
स्थानीय काउली ६५ रुपैयाँ, कागती २२५ रुपैयाँ, कुरिलो ५०० रुपैयाँ र लोकल सानो गोलभेँडा ३८ रुपैयाँ प्रति केजी तोकिएको छ ।
















