आज कति पुग्यो तरकारीको बजार भाउ ? हेर्नुहोस् मूल्यसुचीसहित
काठमाडौँ, १९, साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार ३३५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २३४ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ६५ रुपैयाँ, कागती २३३ रुपैयाँ ३३ पैसा, कुरिलो ५०० रुपैयाँ र लोकल सानो गोलभेँडा ३१ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।















