आज पनि शेयर बजारमा सामान्य अंकको गिरावट, ४ अर्ब बढीको कारोबार
काठमाडौँ, १८, साउन । साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ को विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.७६ अंक घटेर २१९३.४८ विन्दुमा बन्द भएको थियो ।
आज शेयरबजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । नेप्सेमा आज ४ अर्ब २ करोड माथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्टको २५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।









