image
image

ह्वावेलाई पछि पार्दै ओप्पो बन्यो चिनियाँ बजारमा सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोन 

काठमाडौं । चिनियाँ स्मार्टफोन बजारमा ओप्पो पहिलो पटक धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । अनुसन्धानकर्ता काउन्टरप्वाइन्टको प्रतिवेदन अनुसार ओप्पोले पहिलो पटक ह्वावेलाई पछि पारेको हो ।

उक्त प्रतिवेदन अनुसार विश्वकै सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा ओप्पो २१ प्रतिशत बजार ओगट्न सफल भएको छ । जुन चिनियाँ ब्राण्ड भिभो र ह्वावे भन्दा बढी हो । चिनियाँ बजारमा ह्वावे र भिभो दुवैको बजार हिस्सा समान २० प्रतिशत रहेको छ । त्यस्तै एप्पल र साओमी पनि उक्त सूचीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

उनीहरुको हिस्सा १६ प्रतिशत रहेको छ । उक्त प्रतिवेदन अनुसार ओप्पो स्मार्टफोनको बिक्री अघिल्लो बर्षको तुलनामा २६ प्रतिशतले बढेको छ । उनीहरुको बिक्री अघिल्लो महिनाको तुलनामा ३३ प्रशितले बढेको छ । ओप्पोको केही समय अघिमात्रै सार्वजनिक रेनो ५ सिरिजका स्मार्टफोन चिनियाँ बजारमा सफल देखिएको छ ।

यसरी ओप्पोले बजार लिँदै जानु अन्य स्मार्टफोन कम्पनीले भने बजार गुमाउँदै जानु हो । विश्व बजारमा जस्तै ह्वावे चिनियाँ बजारमा पनि पछि पर्दै गएको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।