image
image

अप्रिलिया एसएक्स आर १६० बजारमा, कति पर्छ मूल्य 

काठमाडौँ। नेपाली स्कुटर बजारमा आकर्षक डिजाइन र फरक लुक्ससहित अप्रिलिया एसएक्स आर १६० भित्रिएको छ । अप्रिलिया तथा भेस्पा स्कुटरको नेपालका लागि अधिकारीक वितरक एम भी दुगड ग्रुपले आइतबार अप्रिलिया एसएक्सआर १६० सार्वजनिक गरेको हो ।

पावरफुल इन्जिन र नयाँ लुक्समा नेपाली बजारमा प्रवेश पाएको यो प्रीमियम स्कुटर हो । यसमा नयाँ ग्लोबाल डिजाइन समावेश गरिएको  कम्पनीको भनाई छ । सिग्ल सिलिन्डर,४ स्ट्रक, एयर कूल्ड, ३ भल्भ फिउनल इन्जेक्शन एफ (आई), कार्वन इमिसन ईन्जिन टेक्नोलाजी एसएक्सआर १६०ले ७१०० आरपीएममा ११ पीएसको पीक पावर उत्पादन गर्छ ।

स्कुटरम १२ भोल्ट, ५.० एएच.एमएफ व्याट्रीको साथ ७ लिटर इन्धन क्षमता रहेको छ । स्कुटर सार्वजनिक गर्दै पियाजिओ भारतका अध्यक्ष डिएगो ग्राफीले भने‘उत्कृष्ट पर्फमेन्स, फरक बिशेषताले नै अप्रिलिया एसएक्सआर १६० बिशेष गरी इटालीमा डिजाइन गरिएको हो’ उनले भने ‘यो स्कुटरले नेपालको नेपाली प्रीमियम दुई पाँग्रे बजारमा उत्कृष्ट प्रदर्शन गर्ने छ।

कम्पनीले नेपाली बजारमा रातो, कालो, सेतो र निलो रङ्मा यो स्कुटरलाई ल्याएको छ। नेपालमा कम्पनीले अप्रिलिया एसएक्स आर १६० को मुल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।