image
image

नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा श्रम समझदारी गर्न अनुमति

काठमाडौँ, १३, साउन । मन्त्रिपरिषद्ले नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा बेलायतसँग श्रम समझदारी गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुमति दिएको हो ।

नेपाल र बेलायतबीच श्रम समझदारीको मस्यौदा बनाउन गठित समितिले अन्तिम मस्यौदा तयार गरेको भन्दै श्रम मन्त्रालयले आगामी साता हस्ताक्षर गर्न लागिएको बताएको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।