image
image

साउदी रोजगारीको समस्याबारे संघ र व्यवसायीबीच विशेष छलफल हुने

काठमाडौँ, १३, साउन ।   नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रोजगारीका लागि नेपाली कामदारलाई साउदी अरब पठाउने व्यवसायीबीच विशेष छलफल गराउने भएको छ । 

नेपालस्थित साउदी दूतावासमा भिसा प्रक्रिया सहज बनाउने तथा साउदी अरबमा नेपाली कामदारको रोजगारी तथा तलब सुविधाको सम्बन्धमा देखा परेका समस्याको समाधानका लागि वृहत छलफल गर्ने तयारी भइरहेको कार्यसमिति सदस्य रहेका पूर्वअध्यक्ष प्रेमबहादुर कटुवालले बताए । 

नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद बिन सुलैमान अल–मारवानेले यसअघि संघका संयोजक बिमल ढकालसँग छलफल गरी भिसाको साप्ताहिक कोटा बढाउने प्रतिवद्धता जनाएका थिए । उनी कार्यकाल सकेर स्वदेश फर्किसकेका भएपनि समस्याको समाधान आएको छैन । 

दुई दिनअघि नयाँ राजदूतसँग छलफल गरेका कटुवालले दूतावासले हाल एउटा म्यानपावर कम्पनीबाट पेश भएको फाइलमा साप्ताहिक २५ जना कामदारको मात्र भिसा जारी गर्ने गरेको र त्यसले साउदी अरबबाट आएको डिमाण्ड अनुसार नेपाली कामदार जान नपाएको विषयमा छलफल भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।