image
image
भिजिट भिसामा नजान -गृहको आग्रह

भिजिट भिसामा नजान -गृहको आग्रह

काठमाडौँ, १२, साउन । गृह मन्त्रालयले वैदेशिक रोजगारीको गोप्य उद्देश्य बोकेर भिजिट भिसा प्रयोग गरेर विदेश नजान सचेत गराएको छ ।

 भिजिट भिसा प्रयोग गरी खाडीका यूएई, कतार तथा युरोपेली मुलुकमा पुर्‍याएर नेपालमा भनिएको काम, तलब तथा अन्य सुविधा नपाउने मात्रै नभई गन्तव्य मुलुकबाट प्रवेश निषेध भई अलपत्र परेर फर्कनुपर्ने लगायतका समस्या देखिएको भन्दै गृह मन्त्रालयले रोजगारीको मनसाय राखी भिजिट भिसामा विदेश नजान आग्रह गरेकोे हो ।

 गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेले पर्यटक प्रयोजनको रुपमा मात्र प्रयोग गर्न पाउने स्पष्ट पारेकोे छ ।

 त्यस्तै यसअघि भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिनेजस्ता प्रवृत्ति देखिएपछि स्वघोषणापत्र भर्नुपर्ने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।