वैदेशिक रोजगार बोर्डद्वारा छात्रवृत्तिका लागि आवेदन माग
काठमाडौँ, १०,साउन । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, पूर्ण रुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारका आश्रित बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिन सूचना जारी गरेको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर मृत्यु, अंगभंग र बिरामी भई फर्किई आएर बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरी, सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत, विद्यालयस्तर पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्मका १८ वर्ष मुनिका बालबालिकाहरुले मात्र निवेदन दिन सक्ने बोर्डले जनाएको । निवेदन आउँदो असोज मसान्तसम्म दिन सकिने बोर्डले जनाएको छ ।