६३ अर्बले घट्यो बैंकहरूको निक्षेप
काठमाडौँ, ९, साउन । साउन लागेपछि वाणिज्य बैंकहरुको निक्षेपमा घटेको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप ६ साउनमा आउँदा ६३ अर्बले घटेको छ ।
६ साउनमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । यस अवधिमा बैंकहरुको कर्जा लगानी पनि घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी ६ साउनमा आउँदा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ ।









