मलेसियाले प्रमुख तीन क्षेत्रमा विदेशी कामदार लिने
काठमाडौँ, ९, साउन । ईण्डोनेसियासँग तनाव बढेपछि मलेसियाले सबै श्रोत मुलुकबाट प्रमुख तीन क्षेत्रमा विदेशी कामदार आपूर्ति गर्ने निर्णय गरेकोे छ । मलेसियाका गृह तथा मानव संशाधन मन्त्रालयको संयुक्त बैठकपछि निर्माण, उत्पादन र सेवा उद्योगहरूमा सबै श्रोत मुलुकबाट कामदार ल्याउन दिने निर्णय गरेकोे हो । नेपाल, भारत, ईण्डोनेसिया, कम्बोडिया, भियतनाम, बंगलादेश, श्रीलंका लगायतका १५ मुलुकबाट कामदार लैजाने गरेकोे छ ।
ईन्डोनेसियाले आफ्नो मुलुकसँग मलेसियाले दुई देशबीच भएको कामदार भर्ना सम्झौता उल्लंघन भएको भन्दै प्लानटेसनका क्षेत्रमा ल्याउने भनिएका हजारौं कामदार मलेसियामा पठाउन अस्थायी रूपमा रोक लगाएको छ ।
आफ्ना नागरिक नपठाउने ईन्डोनेसियाको यस्तो निर्णयले मलेसियाको आर्थिक अवस्थामा पुनः असर पर्ने साथै तेलको अभाव हुनसक्ने मलेसियाका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । ईण्डोनेसियाले घरेलु कामदारहरूका लागि अनलाइन भर्ती प्रणालीको निरन्तर सञ्चालनले मलेसिया र ईन्डोनेसिया दुवै मुलुकबीच अप्रिलमा भएको सम्झौताका सर्तहरूसहित मलेसियामा कार्यरत घरेलु महिला कामदारहरूको सुरक्षालाई नगरेको भन्दै दुवै क्षेत्रमा सुधार नगरेसम्म आफ्नो तर्फबाट कामदार नपठाउने बताएको छ ।