image
image

दीर्घकालीन केयर गिभरका लागि आज ८० जना नेपाली कामदार इजरायल उड्दै

काठमाडौँ, ८, साउन । दीर्घकालीन केयर गिभर (स्याहार केन्द्र) का लागि आज ८० जना नेपाली कामदार इजरायल उड्ने भएका छन् । वैदेशिक रोजगार विभागले इजरायल श्रमिक पठाउन गत फागुनदेखि रोकिएको प्रक्रिया शुरू भएको जनाएको छ ।

विभागका अनुसार आज साउन ८ अर्थात जुलाई २४ तारेखमा नेपालबाट ८० जना नेपाली कामदार इजरायल जाँदैछन् । काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट १ सय जना कामदारको भिसासहित राहदानी प्राप्त भइसकेको भएपनि ८० जनाको उडान हुन लागेको हो ।

इजरालय जानका लागि कामदारलाई आफ्नो राहदानी बुझ्न, उडान समूहमा नाम समावेश गराउन, कोरोनाविरुद्धको खोप कार्ड बुझाउन साउन ६ गतेका लागि समय निर्धारण गरिएकोे थियोे । 

इजरायल जाने कामदारले उडानअघि ७२ घण्टाभित्र पीसीआर परीक्षण गराएको हुनुपर्नेछ । परीक्षणमा नेगेटिभ आएकाहरु मात्र इजरायल उड्नेछन् । हवाई भाडा ५९ हजार ९९० रुपैयाँ तोकिएको छ । इजरायल जानेहरूका लागि नागपोखरीस्थित सीलिंक होलिडेले हवाई टिकट बिक्री गरेकोे छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।