अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना संदेश जारी गरेकी छिन । सो अवसरमा भण्डारीले संविधानमा व्यवस्था भएअनुसार हरेक सार्वजनिक निकायमा महिलाहरुको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो रहेको औंल्याएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समाना पूरा गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरहरुमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् ।
‘महिला र पुरुषका बीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज र राज्यका सबै निकायहरु अग्रसर हुन आवश्यक छ । लैंगिक समानता प्राप्तिको अभियानमा जनसंख्याको आधा हिस्सा ओगट्ने पुरुषको सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी हुन्छ,’ राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।