आज कति पुग्यो तरकारीको बजार भाउ ? हेर्नुहोस् मूल्यसुचीसहित
काठमाडौँ, ५, साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३९० रुपैयाँ, आँप मालदह प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ११० रुपैयाँ, कागती १७५ रुपैयाँ, कुरिलो ३०० रुपैयाँ र लोकल सानो गोलभेँडा ४६ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।
















