image
image

म्यानपावर कार्यालयमा हुलहुज्जत गर्ने कथित दुई एजेन्ट पक्राउ

काठमाडौँ, ३, साउन । महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेस प्रालि (म्यानपावर कम्पनी) मा युट्युबरसहित हुलहुज्जत गर्ने दुईजना पक्राउ परेका छन् । आफूलाई बिगेस्ट म्यानपावरको एजेन्ट बताउने इलामका ३० वर्षे सुरेनकुमार योङ्गहाङ्ग र उदयपुरका ३२ वर्षे प्रकाश तामाङलाई गत शनिबार प्रहरी वृत्त महाराजगञ्जले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला अदालत काठमाडौंबाट साउन ५ गतेसम्म म्याद थपको अनुमति लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको महाराजगञ्ज प्रहरीले जनाएको छ ।

गत जेठ १५ गते महाराजगञ्जमा रहेको नासा ह्युमेन रिसोर्सेज प्रालिभित्र छिरेर तोडफोड तथा दुर्व्यवहार गरेको भन्दै सञ्चालक युवराज गुरुङले युट्युबर कुशल खत्रीसहित चार जनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

खत्रीसहित एक जना फरार छन् । क्राइम टीभी च्यानलका युट्युबर पोखरा लामाचौरका खत्री र आफूलाई म्यानपावरपीडित युवाहरूको प्रतिनिधि बताउने सुर्खेत दशरथपुरका रत्नबहादुर अधिकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

१५ जेठमा युट्युबरसहितको समूहले आफ्नो कार्यकक्षभित्र तोडफोड तथा दुर्व्यवहार गरेको विषयमा सञ्चालक गुरुङले सीसीटीभी फुटेजसहित उजुरी दिएका थिए । घटनाको केही दिनपछि क्राइम टीभी युट्युबका सञ्चालक खत्रीले आफ्नो चरित्र हत्या हुनेगरी भिडियो सम्पादन गरी प्रशारण गरेको गुरुङले बताए । यसबारे उनले प्रेस काउन्सिल नेपाल, सूचना विभाग र पत्रकार महासंघलामा समेत जानकारी गराएका थिए । समाचारको विषयमा काउन्सिलले अनुसन्धान गरिरहेको भए पनि तोडफोड र दुर्व्यवहारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

क्यामेरा तेर्स्याएर ‘हामी मिडिया’ भन्दै उनीहरू बलजफ्ती सञ्चालक युवराज गुरुङको कार्यकक्षमा छिरेका थिए । आफूले वैदेशिक रोजगारीमा पठाएका केही युवाले काम गर्न नसकेपछि आफ्नै खर्चमा स्वदेश फर्काएका गुरुङलाई उनीहरूले कुटौंलाझैं गरी दुर्व्यवहार मात्र गरेनन्, केही दिनपछि पुलिसले समातेको भनी सम्पादित भिडियो युट्युबमा अपलोड गरेका थिए ।

गुरुङले समाचार सामग्रीको नाममा तथ्यहीन, निराधार सूचना राखेर आफ्नो चरित्र हत्या गरेको भन्दै प्रेस काउन्सिल नेपालमा समेत उजुरी हालेका छन् । उनले सूचना विभाग र पत्रकार महासंघलाई समेत यसबारे जानकारी गराएको बताए । ‘मैले कतै, कसैलाई गलत गरेको प्रमाणित हुन्छ भने म सजाय भोग्न तयार छु’, गुरुङले भने, ‘तर कसैलाई मसँग चित्त बुझेन भन्दैमा मेरो चरित्रहत्या गर्ने छुट हुनु हुँदैन ।’

प्रहरी वृत्त महाराजगञ्जका अनुसार जेठ १५ गते दिउँसो १ बजे मा ‘क्राइम टिभी युट्युब च्यानल’ सञ्चालकसहितका व्यक्तिहरूले म्यानपावर कार्यालयभित्र गएर तोडफोड गरेको हो । उनीहरू गुण्डाशैलीमा कार्यकक्षमा घुसेर तोडफोड तथा दुर्व्यवहार गरेको आरोप गुरुङको छ ।

यस्तो थियो घटनाको कारण
नासा ह्युमन रिर्साेसबाट केही समयअघि पटक–पटक गरी ४९ जना वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । तर तीमध्ये २१ जनाले त्यहाँ काम नगर्ने भन्दै बारम्बार फोन गरेपछि म्यानपावरले आफ्नै खर्चमा उनीहरूलाई फर्कायो । सञ्चालक गुरुङका अनुसार रमाजानका बेला साउदीको कम्पनीलाई प्रतिव्यक्ति ६ हजार ५ सय रियल क्षतिपूर्ति र ३७ हजार टिकट तिरेर म्यानपावरले पहिलो चरणमा ८ जनालाई फर्कायो । दोस्रो चरणमा साउदीको कम्पनीलाई ७ हजार रियल क्षतिपूर्ति र २२ हजार रुपैयाँ प्रतिव्यक्ति टिकट मूल्य तिरेर फर्काइयो । ‘फर्काउनुअघि उनीहरूका गार्जेनसित हाम्रो सहमति भएको थियो’, गुरुङले भने, ‘आफ्नै कारण फर्केकाले म्यानपावरले नेपाल ल्याइसकेपछि अन्य कुनै जिम्मेवारी नलिने, यस विषयमा म्यानपावरविरुद्ध उजुरबाजुर गरेर दुःख नदिने सहमति भएको थियो ।’

तर फर्केकामध्ये एकजनाले केही युवा भड्काएर युट्युबरसहित आफ्नो कार्यालयमा लिएर आएको गुरुङको आरोप छ । ‘लिगल्ली म सही छु । मैले कुनै कसुर गरेको छैन । जानुअघि सबै कुरा भनिएकै थियो । तर आफ्नै कारणले फर्केका केही भाइहरूले ममाथि इगो साँधे’, गुरुङले भने । गुरुङ म्यानपावर व्यवसायी मात्र होइनन्, उनी नेपाली कांग्रेसका सक्रिय नेता पनि हुन् । गत चुनावमा ताप्लेजुङबाट टिकट पाउने सूचीमा परे पनि चुनाव लड्न उनी गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।