image
image

एकदिनमा बैंकहरूको निक्षेप ७ अर्बले बढ्यो

काठमाडौँ, २, साउन । बैंकहरूको निक्षेप संकलन एकदिनमा ७ अर्बले बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असार ३० गते, बिहीबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब २ अर्ब रूपैयाँ रहेकोमा एकदिनमा ७ अर्बले बढेर असार ३१ गते कुल ५१ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप पुगेको हो । 

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेको छ ।

बैंकहरूको कर्जा प्रवाह भने २ अर्बले घटेर ४६ खर्ब ७७ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ३ अर्बले घटेर ४१ खर्ब ४६ अर्ब रूपैयाँमा झरेको छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.७५ प्रतिशतबाट घटेर ८६.४९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।