image
image

'मेकअप' सामानमा ११ महिनामै बाहिरियो झण्डै ३ अर्ब

काठमाडौँ, २, साउन ।  साउन महिनासँगै हरियो तथा पहेँलो चुरा/पोते र मेहेन्दीको सिजन सुरु भएको छ । यी विभिन्न शृङ्गार (मेकअप) सामग्री भारत लगायत अन्य मुलुकबाट भित्रिने गर्छ । आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित 'मेकअप' सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ । वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ । 

गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठ मसान्तसम्म २ अर्ब ८९ करोड ९३ लाख ३४ हजार रुपैयाँ बराबरको १९ लाख ३३ हजार ६३ किलो मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअपका सामग्री भित्रिएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७७/०७८ मा २ अर्ब १३ करोड २० लाख ३ हजारको मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअप सामग्री आयात भएको थियो ।

सामान्यत: बिहेको सिजन र साउन महिना मेहन्दीको सिजन रहेको ब्यापारी बताउँछन् । साउन महिना सुरु भएसँगै शृङ्गार पसल तथा चोकचोकमा चुरा, पोते र मेहन्दी लगाउनेहरूको चहलपहल बढेको छ । विभागका अनुसार ११ महिनामा ५४ करोड १४ लाख २८ हजार रुपैयाँको चुरा र पोते भित्रिएको छ । सो रकमको ३६ लाख ९२ हजार ९९७ दर्जन र ४ लाख २९ हजार ३५९ किलो चुरापोते भित्रिएको छ । आर्थिक वर्ष ०७७/०७८ मा ४१ करोड १४ लाख ५९ हजार रुपैयाँको चुरापोते आयात भएको थियो ।

हातमा लगाइने मेहन्दी साउनको सुरुवातदेखि तीजसम्म लगाइने शंखमुलस्थित क्रिस्टल ब्युटी पार्लरकी सञ्चालक सीमा उप्रेतीले बताइन् । तयारी काबेरी मेहन्दीको कोन बेच्ने गरेकी उप्रेतीले होलसेलबाट मेहन्दी, हरियो/पहेँलो नङ पोलिस, चुरा ल्याएर बेच्छिन् । उनले असारको अन्तिम दिन मात्रै ३० वटा मेहन्दी कोन बेचेको बताइन् । ‘असारको अन्तिम दिनदेखि पार्लरको व्यापार चम्किन्छ,’ उप्रेतीले भनिन्, ‘अहिले हरियो/पहेँलो चुरापोते, मेहन्दी धेरै जान्छ । मेहन्दी लगाइदिनेले पनि राम्रो कमाउँछन् ।’ साउन सुरु भएसँगै महिलाहरुले हरियो, रातो र पहेँलो पहिरनसँग सुहाउँदो चुरा र पोते लगाउने गरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।