image
image

१८ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

काठमाडौँ। १८ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक भएको छ । रेडम्याेजिक सिक्स प्रोको नाममा १८ जीबी र्‍याम भएको पहिलो स्मार्टफोनको रेकर्ड बनेको हो ।

रेडम्याजिक सिक्स प्रोलाई टेन्सेन्ट गेमसँगको साझेदारीमा तयार पारिएको छ । यो गेमिङ स्मार्टफोन हो । जसमा १६५ हर्ज रिफ्रेश रेट भएको डिस्प्ले दिइएको छ । यति धेरै रिफ्रेश रेट भएको यो नै विश्वको पहिलो स्मार्टफोन हो। रेडम्याजिक सिक्स सिरिजको रुपमा कम्पनीले दुई वटा स्मार्टफोन सार्वजनिक गरेको छ । जसमा रेड म्याजिक सिक्स र रेडम्याजिक सिक्स प्रो रहेका छन् ।

यी दुवै गेमिङ स्मार्टफोनमा एमोलेड डिस्प्ले दिइएको छ । दुवैमा १६५ हर्जको रिफ्रेश रेट रहेको छ । साथै यी फोनमा टच कोरियाग्राफर प्रविधि राखिएको छ । यस बाहेक इन्टेलिजेन्ट एडप्टिभ प्रविधि समेत छ । जसले तपाईंको आवश्यकताको आधारमा डिस्प्लेको रिफ्रेश रेट एडजस्ट गर्दछ । फोनको रेस्पोन्स रेट ८ एमएस रहेको छ ।

यी फोनमा सीपीएचवाई-डीएसआई प्रविधि समेत राखिएको छ । जसले उच्च गुणस्तरिय तस्वीरको सम्प्रेषण दरलाई दुई गुणाले बढाइदिन्छ । रेडम्याजिक सिक्स सिरिजका यी दुवै फोनमा नयाँ आईसीई ६.० मल्टी डाइमेन्सनल कुलिङ सिस्टम छ । जसमा इनब्युल्ट टर्बो फ्यान समेत छ । फ्यान २०,००० आरपीएमको राखिएको कम्पनीको दाबी छ । 

रेडम्याजिक सिक्सको मूल्य ४,३९९ युआान अर्थात करिब ६८ हजार २६८ रुपैयाँबाट सुरु हुन्छ । साथै रेडम्याजिक सिक्स प्रोको मूल्य ४,३९९ युआन अर्थात ७९ हजार ५० माथि रहेको छ । यी दुवै स्मार्टफोनको बिक्री चीनमा यही मार्च ११ देखि सुरु हुनेछ ।

तर यी फोन विश्वव्यापीरुपमा सार्वजनिक हुने विषयमा भने हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । दुवै स्मार्टफोनमा ६.८ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ। जसको रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ । यस्तै दुवै स्मार्टफोनमा स्नापड्रागन ८८८ प्रोसेसर दिइएको छ ।

फोन ८ जीबी/१२जीबी/१६जीबी/१८ जीबी र्‍याम भेरियन्टका साथ बजारमा आएको छ । त्यस्तै यसको स्टोरेजको कुरा गर्ने हो भने १२८ जीबी/२५६ जीबी/ ५१२ जीबी भेरियन्टमा रहेको छ । फोनमा एन्ड्रोइडमा आधारित रेडम्याजिक ओएस ४.० रहेको छ । इनडिस्प्ले फिंगरप्रिन्ट राखिएका दुवै फोनमा तीन वटा माइकसँगै स्टेरियो स्पिकर समेत पाउन सकिनेछ ।

क्यामेराको कुरा गर्ने हो भने दुवै फोनमा पछाडि भागमा तीन वटा क्यामेरा दिइएका छन् । जसमा मूख्य क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ । भने, दोस्रो ८ मेगापिक्सेलको अल्ट्रा वाइड र तेस्रो २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । सेल्फीका लागि फोनमा ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

रेडम्याजिक सिक्स प्रोमा ४,५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जुन १२० वाट फास्ट चार्जिङ सपोर्टको साथमा आउँदछ । त्यस्तै रेडम्याजिक सिक्समा ५,०५० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसमा भने ६६ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।