image
image

सय कम कामदार वैदेशिक रोजगारमा पठाएका म्यानपावरहरुको नवीकरण निवेदन दर्ता शुरु

काठमाडौँ, ३०, असार । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाएका म्यानपावर कम्पनीको पनि नवीकरण निवेदन दर्ता शुरु गरेको छ ।
 
वैदेशिक रोजगारीमा सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीहरुको इजाजतपत्र नवीकरण गर्ने व्यवस्था गर्न वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अनुसार मन्त्रिपरिषदबाट बाधा अडकाउ फुकाउ आदेश जारी गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्ताव लगेको अवस्थामा विभागले सयभन्दा कम कामदार पठाउने म्यानपावरहरुको नवीकरण निवेदन दर्ता शुरु गरेको हो ।

मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमल ढकाल र कार्यसमिति सदस्य प्रज्ञान न्यौपानेले मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेपछि चालू आर्थिक वर्षमा सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको पनि नवीकरणका लागि निवेदन दर्ता गर्न मन्त्रालयले वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।