image
image

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

काठमाडौँ, ३०, असार ।  आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो।

चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएसँगै थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने वैदेशिक रोजगार विभागमा निर्देशक श्रीचन्द्र साहले बताए। इजरायल जाने युवाको सबै प्रक्रिया पूरा गरेर भिसा प्राप्त भए लगत्तै सातामा २ वटा उडानमार्फत छनोट भएका सबै युवालाई पठाउने तयारी गरिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।