image
image

प्रतिनिधिसभाका उपसभामुखकाे निर्वाचन शुक्रवार हुने

काठमाडौँ, २९, असार । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।प्रतिनिधिसभाको बुधवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने जानकारी गराएका हुन् । उनले निर्वाचनको कार्यक्रम प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् ।

उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उपसभामुखमा मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।

उपसभामुखको मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रवार दिउँसो ३ बजेका लागि तय गरिएको छ । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।