image
image
जेठसम्ममा ९ खर्ब बढी रेमिट्यान्स भित्रियो

जेठसम्ममा ९ खर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ, २७, असार । चालु आर्थिक वर्षको जेठसम्ममा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३.८ प्रतिशतले धेरै हो।

गत वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। जेठ एक महिनामा मात्रै ९२ अर्ब ३० करोड रुपैयाँ  रेमिट्यान्स नेपाल भित्रिएको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले बढेर २ लाख ५९ हजार ०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले बढेर १० खर्ब ०६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।