ललितपुरमा महिला हस्तकला मेला सुरु
ललितपुर l हस्तकलाको प्रवर्धन , महिला सशक्तिकरणको सम्वर्धन भन्ने मूल नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपृुरमा महिला हस्तकला मेला सुरु भएको छ ।
ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासङ्घको संयुक्त पहलमा महानगर परिसरमा आयोजित समारोहमा मेलाको उद्घाटन गरिएको हो। कोरोनाबाट थलिएको हस्तकलाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको मेला संयोजक सवितासिंह महर्जनले बताईन ।
फागुन २४ गतेसम्म संचालन हुने मेलामा प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, हाते कागजका सामान, सेरामिक तथा माटोका सामान लगायतका करिब ५० स्टल रहेको आयोजकले जनाएको छ ।