तिलगंगा नेत्र विज्ञान इष्टिच्युटले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
काठमाडौँ, २४, असार । तिलगंगा नेत्र विज्ञान इष्टिच्युटले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
संस्थाले एक सुचना जारी गर्दै आईटि अधिकारी पदका लागि एक जना र जुनियर आईटी सहायक पदका लागि दुई जना गरि जम्मा तीन जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा अनुभवि उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अद्यावधिक गरिएको व्यक्तिगत विवरणसहितको आवेदन पत्र मेल ठेगानामा पठाउनु पर्ने छ ।