image
image
सयपत्री हाइड्रोपावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

सयपत्री हाइड्रोपावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

काठमाडौँ, २४, असार । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले गत असार २ गतेबाट आईपीओ निष्कासन गरेको छ । यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । 

कम्पनीले आयोजना प्रभावित बागलुङ जिल्लाका ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले स्थानीयलाई १०० अंकित दरका ३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ । 

यो आईपीओमा स्थानीय न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । स्थानीय प्रभु बैंकको ताराखोला शाखा र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयलाई आवेदन संकलन केन्द्र तोकिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।