image
image

किन घट्दैछ सुनको मूल्य ?

काठमाडौँ, २३, असार ।  अहिले असार महिनाकै कम मूल्यमा सुन कारोबार भइरहेको छ । साताको चौथो दिन हिजो बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।

बुधबार एकैदिन सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । 

तेजावी सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा खरिदबिक्री हुँदैछ । यसअघि जेठ ४ गते, सुन पछिल्लो चार महिनायताकै सस्तो रहेको थियो। त्यस दिन सुन प्रतितोला ९५ हजार ८०० रूपैयाँमा झरेको थियो ।

उता विश्व बजारमा पनि सुनको मुल्य ह्वात्तै घटेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजार मुल्य खस्किएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । महासंघका अनुसार विश्व बजारमा सुनको मुल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।

बुधबार विश्व बजारमा सुन घटेरप्रति अउन्स एक हजार ७६१ डलरमा झरेको छ । सो बजारमा मंगलबार र बुधबार सुनको मूल्य नाटकिय रुपमा ओरालो लागेको छ । मंगलबार बिहान प्रति अउन्स एक हजार ८१२ डलर आसपासमा कारोबार भएको सुन त्यसयता भारी गिरावट भएको हो । एक महिनायता अनतरराष्ट्रिय बजारमा सुन एक अउन्स बराबर ८८ डलरले गिरावट भइसकेको छ ।

अमेरिकी डलर २० वर्ष यताकै उच्च र यूरो १९ वर्ष यताकै न्यून विन्दुमा पुगेपछि अन्तरराष्ट्रिय बजारमा त्यसको असर देखिएको हो । यसैगरी आर्थिक मन्दीको त्रासका कारण पनि यतिबेला सुनचाँदीको भाउ घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।