image
image

डलरको मूल्य उच्च हुँदा युरो २० वर्ष यताकै कमजोर अवस्थामा

काठमाडौँ, २३, असार ।  अमेरिकी डलरको मूल्य उच्च हुँदा युरो २० वर्ष यताकै कमजोर अवस्थामा पुगेको छ ।

अमेरिकामा सम्भावित आर्थिक मन्दीका कारण लगानीकर्ताहरुले सुरक्षित लगानी उपकरणमा डलरलाई प्राथमिकता दिँदा युरो, पाउन्ड लगायतका अन्य मुद्रा कमजोर भएका हुन् ।

लगानीकर्ताहरुले डलरमा लगानी बढाएसँगै युरो एकै दिन १.५ प्रतिशतले घटेको छ । २० वर्ष यताकै कमजोर भएको युरो विश्वव्यापी महामारी–कोभिडको समयमा समेत यति धेरै कमजोर भएको थिएन । यसैगरी पाउन्ड स्ट्रलिङ १८ महिना यताकै उच्च अवस्थामा पुगेको छ ।

डलर उच्च भएसँगै डलर सूचांक १०६.५७ प्रतिशतमा पुगेको छ । यसै सम्बन्धमा साक्सो क्यापिटल मार्केटकी मार्केट स्टाट्रिजिस्ट चरु चनानाले डलर शक्तिशाली बन्नुमा युरोप क्षेत्रमा व्याप्त इन्धन तथा प्राकृतिक ग्यासको अभाव, रुसबाट आपूर्ति हुने इन्धनमा प्रतिबन्ध र अमेरिकी इन्धन महंगो भएको बताएकी छिन् ।

जर्मनी र फ्रान्समा पनि इन्धनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । इन्धन अभाव न्युनिकरण गर्न जर्मन र फ्रान्सले इन्धन खरिद गरी भण्डारण गरिरहेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।