image
image

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम घट्यो

काठमाडौँ, २२, असार । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर २०४३.६६ को बिन्दुमा पुगेको छ ।
 
बुधबार कुल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० मूल्यमा खरिद बिक्री भए ।  नेप्से बढे पनि मङ्गलबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार २ अर्ब ७८ करोडको कारोबार भएको थियो । 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटाले गुमाए भने बाँकीको सेयर मूल्यमा बढेको छ । बैंकिङ ०.०५, निर्जीवन बीमा ०.४२ र सामूहिक लगानी कोष ०.५६ प्रतिशतले ओरालो ले भने अन्य सबैको सेयर मूल्य उकालो लागेको छ । 

कारोबारका आधारमा गुराँस फाइनान्सको बिक्री शीर्ष स्थानमा छ । फाइनान्सको ११ करोड ७२ लाख बराबरको कारोबार भयो । लाइफ इन्स्युरेन्स कर्पोरेसन ११ करोड ५३ लाखको कारोबारसहति दोस्रो स्थानमा रहे । 

नेप्सेका अनुसार इफ इन्स्युरेन्स कर्पोरेसनको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, एनसिसी डिबेन्चरले ५.८९ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।