image
image

नक्कली म्यानपावर खोलेर करोडौ ठगी

काठमाडौँ, २१, असार ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारको नाममा ठगी गर्ने ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले आकर्षक तलब र सुविधाको रोजगारीका लागि यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा ८ जनाविरूद्ध हर्जनासहित २ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । 

उनीहरूले कमल बिकको नाममा वैदेशिक रोजगार कम्पनीसँग हुबहु मिल्दो नाम राखी कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दुई वटा कम्पनी खोली त्यसैको आवरणमा रकम असुली गरेकोे विभागको दाबी छ । एक्टिभ ईम्ल्पाई सर्भिस प्रा.लि. र दि रोयल गोर्खा ओभरसिज प्रा.लि.को नाममा दुई वटा कम्पनी खडा गरेर यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै १ करोड ५८ लाख ३५ हजार रूपैयाँ ठगी गरेकोे विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरेकोे अभियोगपत्रमा उल्लेख छ । 

विभागले सुरज गजुरेलसहित ८ जनाविरूद्ध हर्जानासहित २ करोड ३६ लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरेको छ । विभागले एक्टिभ ईम्ल्पाई सर्भिस प्रा.लि.का नामबाट कान्छा थिङसमेत ३ जनाबाट प्रतिव्यक्ति ८ लाखसम्म असुली गरी १४ लाख ३७ हजार र दि रोयल गोर्खा ओभरसिज प्रा.लि.का नामबाट प्रदीप तामाङ र गजुरेलसहित ६ जनाले केशव आचार्यसहित ३६ जनाबाट १ करोड ४३ लाख ९८ हजार ठगी गरेकोे दाबी गरेकोे छ । दुबै कम्पनीका सञ्चालक कमल बिक भने पक्राउ परेका छैनन् । विभागले बिकलाई पनि प्रतिवादी बनाएको छ ।

विभागले वैदेशिक रोजगारमा व्यक्तिगतरूपमा भएको ठगीविरूद्ध मुद्दा दायरा गर्ने क्रमलाई तिव्रता दिएको छ । यसअघि विभागले  युरोपका विभिन्न मुलुकमा वैदेशिक रोजगारमा लैजाने भन्दै  ठूलो परिमाणको रकम ठगी गरेको आरोपमा अर्को एक शैक्षिक कन्सल्ट्यान्सी सञ्चालकविरूद्ध ४ करोड भन्दा बढी बिगो असुलीको माग गर्दै वैदेशिक रोजगार न्यायाधिकरण मुद्दा दायर गरेकोे थियो  । 

विभागले दायर गरेकोे मुद्दामा देखिएको तथ्यले कम्पनी रजिस्ट्रारको कार्यालयमा म्यानपावर कम्पनीसँग नाम मिल्ने कम्पनी दर्ता गरी कम्पनीको नाममा रकम उठाउने संगठित गिरोह सक्रिय रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।