image
image

यूएईमा सुरक्षागार्डका लागि पठाउँछु भन्दै ठगी गर्ने ८ जनाविरूद्ध मुद्दा दायर

काठमाडौँ, २०, असार ।  वैदेशिक रोजगार विभागले आकर्षक तलब र सुविधामा यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा ८ जनाविरूद्ध २ करोड ३६ लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । 

कमल बिकका नाममा वैदेशिक रोजगार कम्पनीसँग हुबहु मिल्दो नाम राखी कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा एक्टिभ ईम्ल्पाई सर्भिस प्रा।लि। र दि रोयल गोर्खा ओभरसिज प्रा।लि। नाममा दुईवटा कम्पनी खडा गरेर यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै १ करोड ५८  लाख ३५ हजार रूपैयाँ ठगी गरेकोे भन्दै विभागले पक्राउ परेका सुरज गजुरेलसहित ८ जनाविरूद्ध हर्जानासहित २ करोड ३६ लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी मुद्दा दायर गरेको हो ।

 विभागले एक्टिभ ईम्ल्पाई सर्भिस प्रा।लि।को नामबाट कान्छा थिङसमेत ३ जनाबाट १४ लाख ३७ हजार र दि रोयल गोर्खा ओभरसिज प्रा।लि।को नामबाट केशव आचार्यसहित ३६ जनाबाट १ करोड ४३ लाख ९८ हजार ठगी गरेकोे दाबी गरेकोे छ । दुवै कम्पनीका सञ्चालक कमल बिक भने पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।