image
image

मलेसियाका रोजगारदाताद्धारा रोजगार पूर्णरूपमा त्यागेर स्वदेश नजान कामदार माथि दबाब

काठमाडौँ, १२, असार । आप्रवासी कामदारको अभाव झेलिरहेका मलेसियाका रोजगारदाताले रोजगार पूर्णरूपमा त्यागेर स्वदेश नजान कामदार माथि दबाब बढाएका छन् । 

नेपाली दूतावास मलेसियाले साप्ताहिकरूपमा शुक्रबार सञ्चालन गर्ने फेसबुक प्रश्नोत्तर कार्यक्रममा सहभागी अधिकांश नेपालीले पूर्णरूपमा रोजगार छोडेर फर्किने प्रक्रिया ‘फिनिस’मा गए रोजगारीका लागि मलेसिया फर्किन नपाइने भन्दै कम्पनी तर्फबाट दबाब दिइने गरिएको गुनासो गरे ।

कोरोना भाइरसविरूद्धको खोप आई जनजीवन सहज भएपछि मलेसियामा विदेशी कामदारको अभाव देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

विदेशी कामदारको भिसा एप्रुभलमा ढिलाई गरिरहेको भन्दै मलेसियाका निजी क्षेत्रका उद्योगीहरूले सरकारको आलोचना गरेका छन् । मलेसियाका पाम आयल, कन्स्ट्रक्सन तथा म्यानुफ्याक्चरिङ सेक्टरमा विदेशी कामदारको माग अनुसार पूर्ति हुन नसकेको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।