image
image

जर्मनमा कर्मचारी अभाव, माग्यो कामदार

काठमाडौँ, १२, असार ।  जर्मनका एयरपोर्टमा कर्मचारी अभाव भएपछि कर्मचारी परिपूर्तिका लागि वैदेशिक रोजगारीमा जान चाहने मानिसहरूलाई जर्मनले आह्वान गरेको छ ।

कर्मचारी अभावको समस्या अस्थायी रुपमा भएपनि समाधान गर्न वैदेशिक कामदारहरू आह्वान गरेको जर्मन श्रम, यातायात तथा इन्टेरियर मन्त्रालयले जानकारी दिएको हो ।

कोभिड–१९ संक्रमण कम हुँदै गएपछि युरोपियन देशहरूमा भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । कम कामदार तर यात्रुको चाप धेरै हुँदा यतिबेला जर्मन लगायतका युरोपियन राष्ट्रहरूमा कर्मचारी अभाव बढेको छ ।

जर्मन श्रम, यातायात तथा इन्टेरियर मन्त्रालयले हालको अवस्थामा २ हजार देखि ३ हजार मानिसहर आवश्यक परेको र अन्य युरोपेली राष्ट्रहरूसँग समन्वय गरी वैदेशिक कामदारलाई एयरपोर्टमा काम गर्न स्वीकृति दिने बताएका छन् ।

अहिले सम्मको योजना अनुसार आवश्यक रहेका कामदार जुलाई महिनाबाट काममा परिचालन गर्ने गरी टर्कीबाट ल्याइने मन्त्रालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।