image
फिल्म ‘लू’लाई प्रदीप भट्टराईले निर्देशन गर्ने

फिल्म ‘लू’लाई प्रदीप भट्टराईले निर्देशन गर्ने

काठमाडौँ, १२, असार । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् ।

निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निर्मात्री निशा खरेल र निर्देशक भट्टराईबीच लिखित सहमति भएको छ । भट्टराईले यसअघि व्यावसायिक रुपमा सफल फिल्म जात्रा र जात्रैजात्रा निर्देशन गरिसकेका छन् ।

यसबारे जानकारी दिन निर्माताले जारी गरेको विज्ञप्तिमा उपन्यासजस्तै फिल्म पनि उत्तिकै रोचक हुने कुरा उल्लेख छ । ‘यो उपन्यास जति रोमान्चक छ उति नै मजा आउने किसिमको छ । यसमा नेपाल र भारतको सीमा विषय पनि उठेको छ । दर्शकलाई मनपर्ने कथा, विषय र ह्युमर यसमा समेटिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कारो फिल्म्सले ‘लू’सहित अन्य बिग बजेटका फिल्मको निर्माण गर्ने पनि जनाइएको छ । निर्देशक तय भए पनि अन्य कलाकार फाइनल भइसकेका छैनन् । कलाकार र क्रिउ चाँडै तय हुने कारो फिल्म्सले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।